भारतमा ४५ वर्षीया नेपाली महिलाको गोली हानी हत्या

गोली प्रहार

भारतमा एक नेपाली महिलाको गोली हानी हत्या भएको छ । भारतको राजधानी नयाँ दिल्लीस्थित न्यू अरुणा नगर क्षेत्रमा श्रीमानका साथ व्यवसाय सञ्चालन गर्दै आएकी ४५ वर्षीया महिलाको बुधबार गोली हानी हत्या भएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोटरसाइकलमा दुई जनाको संख्यामा आएका हतियारधारीले ती महिलालाई गोली प्रहार गरेको उल्लेख गरिएको छ । उनको नाम मीनामा तामाङ भएको र नेपालको ठेगाना नुवाकोट भनिएपनि थप खुलाइएको छैन । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले भने यसबारे कुनै जानकारी आइनसकेको जनाएको छ ।

प्रहरीले अभियुक्तको पहिचानका लागि सीसीटीभी फुटेजको अध्ययन भइरहेको भन्दै छिट्टै पक्राउ पर्ने जनाएको छ । मीनाले सो स्थानमा पतिसँग खाजा र पेय पदार्थको पसल सञ्चालन गर्दै आएकी थिइन् ।
उच्च प्रहरी अधिकारीका अनुसार बुधबार बिहान ७ बजेतिर मीनाले पसल खोलेलगत्तै दुई अपरिचित व्यक्ति मोटरसाइकलमा आएर एकाएक गोली प्रहार गरेका थिए । छातीमा गोली लागेपछि ढलेकी उनलाई नजिकैको हस्पिटल पठाइएपनि चिकित्सकले मृत घोषित गरेका थिए । उनको पतिसँगै १२ वर्षीय छोरी समेत रहेको बताइएको छ । प्रहरीले हत्या किन भयो भन्नेबारे अनुसन्धानका साथै अपराधीको समेत खोजी भइरहेको जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार