महिलाले कुन उमेरमा स्तनलाई कसरी आकर्षक देखाउने ?

महिलाको समग्र व्यक्तित्वमा स्तनको पनि भूमिका

महिलाको समग्र व्यक्तित्वमा स्तनको पनि भूमिका

महिलाको समग्र व्यक्तित्वमा स्तनको पनि भूमिका हुन्छ । अधिकांश महिलाले बच्चालाई जन्म दिएपछि स्तनपान गराउनुपर्छ । आमाको दुध बच्चाको लागि सबैभन्दा स्वस्थ्यकर र पोषिलो मानिन्छ । तर, धेरै महिला स्तनकै कारण समस्या खेप्न बाध्य हुन्छन् । महिलाहरुमा स्तन क्यान्सरको जोखिम पनि उत्तिकै हुन्छ ।

अतः कुन उमेरमा स्तनलाई कसरी हेरचाह गर्ने ? वा कसरी आकर्षक बनाउने ?

२० बर्षको उमेरमा

यस उमेरमा स्तनको आकार निकै आकर्षक हुन्छ । यो कसिलो पनि हुन्छ । सकेसम्म यसको सौन्दर्यलाई कायम राख्न ब्राको छनौट र प्रयोगमा पनि ध्यान दिनुपर्छ ।  दिउसो वा वर्किङ टाइममा सपोर्टिव ब्रा पहिरिनुपर्छ । र, व्यायाम गरेको बेला स्पोर्टस् ब्रा पहिरिनुपर्छ ।

३० बर्षपछि

अक्सर यो उमेरमा महिला गर्भवती भइसकेका हुन्छन् । गर्भाअवस्थामा स्तनको अकार बढ्छ । साथै स्ट्रचे माक्र्स पनि आउँछ । त्यसैले उक्त समयमा हल्का व्यायम गरेर तौललाई नियन्त्रण गर्ने । स्तनपान गराइरहनुभएको छ भने मेटरिनिटी ब्रा लगाउनुपर्छ । त्यसपछि सर्पोटिभ ब्रा लगाउनु पर्छ ।

४० बर्षपछि

उमेर बढेसँगै स्तनको आकार र दुध ग्रन्थी पनि सुक्दै जान्छ । यससँगै स्तन सिथिल हुन्छ । यसले स्तन झोलिएको देखिन्छ । त्यसैले पुशअप ब्रा लगाउनुपर्छ । यसले छातीलाई कसिलो देखाउँछ । यदि स्थायी उपचार चाहिएमा शल्याक्रिया पनि गराए हुन्छ ।

स्तनमा देखिने समस्या

–   १३ प्रतिशत महिालाको स्तनमा सानो गाठो देखिन सक्छ । १ वा २ सेन्टिमिटरको गाँठो दबाउँदा यताउता सर्न सक्छ । लगभग ५० प्रतिशत महिलामा महिनावरी रोकिएपछि अर्थात रजनोबृद्धिपछि आफै ठीक हुन्छ ।

–   स्तनपान गराउने हरेक तेस्रो महिलाको छातीमा रातो सुन्निएको देखिन्छ । र, यो निकै दुख्ने प्रकृतिको हुन्छ । एन्टिबायोटिक यसको समाधान हुनसक्छ । यद्यपी कहिले कहिं शल्याक्रिया गर्नुपर्ने अवस्था पनि आउँछ ।

–  ४० बर्षपछि शरीर रजनोबृत्तिका लागि तयार हुँदै हुन्छ । यसले डिम्बबिसर्जन पहिला धेरै मात्रामा एट्रोजन हर्मोन बनाउँछ । यतिबेला १-२ इन्चको चौडा तरल पदार्थले भरिएको अवस्थामा देखिन्छ । कतिपय अवस्थामा चिकित्सकले यो तरल पदार्थ बाहिर निकालिदिन्छ ।

कसरी परीक्षण गर्ने ?

मासिक श्रावको बेला स्वंमले स्तनको परीक्षण गर्न सकिन्छ । साथै बर्षमा एक पटक स्त्री रोग बिशेषज्ञबाट परीक्षण गराउनुपर्छ । महिनामा एक पटक आफै स्तन परीक्षण गर्नुपर्छ । यदि आफ्नो आमा वा सन्तानमा कसैको ब्रेस्ट क्यान्सर थियो भने, ३५ बर्षपछि मेमोग्राम आवश्य गराउनुपर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार