सहयोग जुटाउन दोलखा देखि धनगढी हुँदै दिपायलको साइकल यात्रामा देवेन्द्र

'शिक्षाको लागि साइकल यात्रा'

शिक्षाको लागि साइकल यात्रा

धनगढी: समाजसेवी साइकलिष्ट देवेन्द्र बस्न्यात ले शिक्षाको लागी साइकल यात्रा भन्ने नारा को आत्मसाथ गर्दै सहयोग जुटाउन दोलखा देखि धनगढी हुँदै दिपायल सम्मको यात्रा तय गरेका छन् ।

दोलखाको निर्माणाधीन राजकुलेश्वर स्कुल र भक्त बि बि फर ह्युमानिटिको संयोजकत्वमा डडेल्धुरामा स्थापना हुने बहादुर खडक सिंह पुस्तकालय स्थापनाको लागि सहयोग जुटाउन दोलखा देखि दिपायल सम्मको करिब १२०० कि.मी को साहसिक  साइकल यात्रा गर्ने क्रममा मङ्गलवार समाजसेवी साइकलिष्ट देवेन्द्र बस्न्यात ले धनगढीबाट दिपायलका लागि यात्रा तय गरेका हुन् ।

मंगलबार धनगढीमा भक्त बि. बि. फर ह्युमानिटीका केन्द्रीय सल्लाहकार राज बहादुर चन्द को संयोजकत्वमा साइकलिष्ट देवेन्द्र बस्न्यात लाई खादा ओढाएर सम्मान का साथै सफल यात्राको कामना गरिएको छ ।

धनगढी स्थित एल.एन चौकमा गरिएको शुभकामना तथा सम्मान कार्यक्रममा भक्त बि. बि. फर ह्युमानिटीका केन्द्रीय सल्लाहकार राजबहादुर चन्द, धनगढी जेसीजका निवर्तमान अध्यक्ष श्याम पाठक, कृषि विकाश बैंक धनगढी क्याम्पस रोड शाखाका शाखा प्रमुख चक्रवीर भण्डारी, स्थानीय व्यापारी विपिन स्टेस्नर्सका सञ्चालक विपिन आचार्य र सोधपत्र मिडिया नेटवर्क का अध्यक्ष तथा पत्रकार समीर भट्टले समाजसेवी साइकलिष्ट देवेन्द्र बस्न्यात लाई खादा ओढाएर सम्मान का साथै सफल यात्राको कामना गरेका छन् । भने कार्यक्रममा स्थानीय व्यापारी, पत्रकार तथा शिक्षा प्रेमी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

समाजसेवी साइकलिष्ट देवेन्द्र बस्न्यातले आफ्नो यात्राको दुरी १ हजार २ सय किलोमिटर रहेको र सहयोग गर्न चाहने हरुलाइ १ किलोमिटर बराबर १ रुपैयाँ का  दरले सहयोग गर्न अपिल गर्ने व्यवस्था अनुरूप यात्रा थालनी गरेको दिन देखी आज सम्म लगभग १० लाख नेपाली रुपैयाँ संकलन भएको जानकारी दिँदै आम नेपाली मनकारी मनहरूलाई सहयोग को लागी अपिल  गरेका छन् ।

बस्न्यातले सहयोग गर्नको लागी खल्ती एपको माध्यम  बाट ‘प्याडल फर एजुकेसन’ खातामा जम्मा गर्न सकिने र हेल्प नेपालको बैंक खातामा जम्मा गर्न सकीने व्यवस्था गरिएको जानकारी दिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार