पछिल्लो ७ दिनदेखि हराइरहेकी कञ्चनपुरकी भागरथी भारतमा मृत फेला

भारतको पिलिभितमा मृत फेला

मृत्यु/ज्यान गयो
सांकेति तस्विर

पछिल्लो ७ दिनदेखि हराइरहेकी कञ्चनपुरकी एक युवती भारतमा मृत फेला परेकी छिन्। जिल्लाको बेलौरी नगरपालिका-४ रिछाहाकी २२ वर्षीया भागरथी राना भारतमा मृत फेला परेकी हुन्। उनी यही चैत्र ६ गते घरदेखि हराएकी उनका श्रीमान मोली रानाले बताए।

मृतकका श्रीमानले चैत्र ८ गते उनी हराएको भन्दै इलाका प्रहरी कार्यालय बेलौरीमा निवेदन दर्ता गराएका थिए। मृतक युवती भारतको पिलिभितमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए।

मृतकका आफन्तले भारतीय प्रहरीले पोष्टमार्टम रिपोर्ट नआउदैं जबरजस्ती शव बुझ्न दबाब दिएको बताएका छन्। उनीहरुले शव बुझेर नेपाल ल्याइसकेका छन्। मृतकका एक छोरी र एक छोरा छन्। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार