शनिवार धनगढीमा राष्ट्रिय युवा सङ्घ नेपालको भेला हुने !

शनिवार धनगढीमा राष्ट्रिय युवा सङ्घको भेला हुने

धनगढी: नेकपा एमालेको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा शनिवार धनगढीमा भेला हुने भएको छ । राष्ट्रिय युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य विनय शाह लगायतका केन्द्रीय सदस्यहरूको उपस्थितिमा शुक्रवार धनगढीमा गरीएको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिइएको छ ।

‘कार्यक्रम सुरु हुनु पूर्व अत्तरियाबाट धनगढीसम्म मोटरसाइकल ¥याली निकालिने छ,स्थायी कमिटी सदस्य शाहले भने,‘ मोटरसाइकल ¥यालीमा ५ हजार र कार्यक्रममा १५ हजार जनाको सहभागिता रहनेछ।’

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,राष्ट्रिय युवा सङ्घ नेपालका इन्चार्ज महेश बस्नेत,नेता बचन बहादुर सिंह लगायतकाले सम्बोधन गर्नेछन्।

बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राखेर कार्यक्रम स्थलमा सुरक्षा सतर्कता अपनाइएको शाहले बताए ।बिहान ८ बजेबाट मोटरसाइकल ¥याली र दिउँसो १२ बजेबाट ओम प्यालेसमा युवा भेला गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार