टप केयर पोलिक्लिनिकद्धारा फूलबारीमा स्वास्थ्य शिविर, १ सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच

टप केयर पोलिक्लिनिकद्धारा फूलबारीमा स्वास्थ्य शिविर, १ सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच

टपकेयर पोलिक्लिनिक फूलवारीले निशुल्क स्वास्थ्य शिविर सम्पन्न
Advertisement
धनगढी : टपकेयर पोलिक्लिनिक फूलवारीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । कैलालीको फूलवारीमा रहेको पोलिक्लिनिक प्रा.ली. ले धनगढी–१४ स्थित शिव शंकर आधारभूत बिद्यालयसंगको सहकार्यमा शिविर सम्पन्न गरेको हो ।

पोलिक्लिनिकले ग्रामीण क्षेत्रमै पुगेर चिकित्सकीय सेवा प्रदान गर्दा स्वास्थ्य सेवामा पहुँच नभएका ग्रामीण जनताले राहत महसुस गरेको शिव शंकर आधारभूत विद्यालयका प्रधानाध्यापक लक्ष्मीराज ओझाले बताए । शिविरमा विद्यार्थी लगायत स्थानीय १ सय ५० जनाको निःशुल्क स्वास्थ्य जाँच गरीनुका साथै औषधी समेत वितरण गरिएको प्रा.ली.मा सञ्चालक हरिस बोहराले जानकी दिए ।

शिविरमा पोलिक्लिनिकमा कार्यरत जनरल फिजियन डाक्टर सुरज दाहलको नेतृत्वमा ८ जना स्वास्थ्य कर्मीहरूले स्वास्थ्य सेवा प्रदान गरेको बोहराले जानकी दिए ।

आगामी दिनमा पनि विभिन्न विद्यालयहरू र अन्य संघ संस्थासंगको सहकार्यमा ग्रामीण क्षेत्रमा चिकित्सकको पहुँच नभएका जनताहरूलाई शिविर मार्फत चिकित्सकीय सेवा प्रदान गरिने लक्ष रहेको पोलिक्लिनिकका हेल्थ असिस्टेन्ट तथा सञ्चालक महेन्द्र साउदले बताए ।

स्थापनाकाल देखि प्रा.ली.ले विशेषज्ञ सेवा र २४सै घण्टा डाक्टर सहित सेवा दिँदै आएको छ । पोलिक्लिनिकमा भिडियो एक्स-रे, प्रयोगशाला र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको प्रा.ली.का अर्का सञ्चालक नरेन्द्र कुँवरले जानकारी दिए ।

वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढी, कैलाली

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार