देशमा अहिले शिक्षाको अवस्था सन्तोषजनक छैनः पूर्वराष्ट्रपति डा. रामवरण यादव

मधेसको शिक्षा सबैभन्दा बढी खस्कदो

पूर्व राष्ट्रपति डॉ. रामवरण यादव

काठमाडौं: पूर्वराष्ट्रपति डा. रामवरण यादवले देशको अहिलेको शिक्षाको अवस्था राम्रो नभएको टिप्पणी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित शैक्षिक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति यादवले देशको अहिलेको शिक्षा राम्रो नभएको र पूर्वी मधेसको शिक्षा सबैभन्दा बढी खस्कदो रहेको बताउनु भएको हो ।

पहाडी क्षेत्र र पश्चिम मधेसमा शिक्षाको अवस्था राम्रो भएपनि पूर्वी मधेसका बारा देखि सप्तरी सम्मको क्षेत्रको शिक्षाको अवस्था खस्कदो रहेको बताउनुभयो । उहाँले राष्ट्र र समाज निर्माणका लागि शिक्षा नै महत्वपूर्ण हुने बताउनुभयो । समाज रुपान्तरणको जग नै शिक्षा भएको पनि उहाँले बताउनुभयो । यस्तै शिक्षित जनशक्ति निर्माण गर्न सकेमात्रै देशको विकास हुने पनि बताउनुभयो ।

पछिल्लो समय नेपालमा धेरै परिवर्तन भएपनि शिक्षा, स्वास्थ्य र सम्पदा क्षेत्र एकदमै अस्तव्यस्त भएको उहाँले बताउनुभयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार