महिनावारी रोक्ने औषधि कत्तिको हानिकारक ?

महिनावारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिनावारी गडवड भई बढि रगत बढ्न सक्ने

महिनावारी रोक्ने औषधि

पुजा आजा तथा टाढा यात्रा गर्नु लगाएतका कारण महिलाहरुले महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गर्दछ । यस्तै कारणले गर्दा महिलाहरुले चिकित्सकको परामर्श बिना नै महिनावारी रोक्ने औषधि प्रयोग गर्ने गरेको पाईनछ । तर, यो औषधि महिला स्वास्थ्यका लागि लाभदायी हुदैन भन्नेखवर पनि आईरहेका छन् ।

महिनावारी रोक्ने औषधी महिलाहरुको लागी हानिकारक हुने थाहा पाएर पनि प्रयोग गर्नेको सँख्या बढेको पाइन्छ । डाक्टरको सल्लह बिना महिनावरी सार्ने औषधि प्रयोग गर्दा बिभिन्न समस्याहरु आई पर्न सक्ने महिला प्रसुती तथा बिशेषज्ञ डा सुनीलमणी पोख्रेल बताउनु हुन्छ । महिनावारी रोक्ने औषधीको प्रयोगले महिलाहरुमा बढि रगत बग्ने समयमा महिनावारी नहुने पेट दुख्ने लगाएतका समस्याहरु आईपर्न सक्ने प्रशुति रोग बिशेषज्ञ डाक्टरहरुको भनाई छ ।

महिनावारी रोक्ने औषधीको प्रयोगले कहिले काहि महिनावारी गडवड भई बढि रगत बढ्न सक्ने प्रशुति बिशेषज्ञ डाक्टर केशवराज भुर्तेलको भनाई छ । यस्ता खालका औषधीको प्रयोग गरेका महिलाहरु बिभिन्न समस्या लिएर आफुकाहा आईरहेने फेरी प्रसुती तथा बिशेषज्ञ डा पोख्रेल बताउनु हुन्छ । यो औषधि हर्मोनको चक्की हो र महिला महिनावारी हुुनु भनेको पनि हर्मोनको परिवर्तन नै हो ।

साधरण तथा यस्ताखालको हर्मोन बढाउने औषधी जुनसुकै औषधी पसलमा पनि बिक्रि बितरण गरेको पाईन्छ । हानिकारक हुने थाहा पाएर पनि महिलाहरुले यस्ता औषधी प्रयोग गरेको पाईन्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार