पत्रकार महासंघको खुला केन्द्रीय सदस्यमा सिंहको उम्मेदवारी

कान्तिपुर दैनिकका संवददाता वसन्तप्रताप सिंहले गरे नेपाल पत्रकार महासंघको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

Basant Pratap Singh
तस्बिरः पत्रकार सिंहको फेसबुकबाट

बझाङ: मोफसलबाट सक्रिय पत्रकारीता गरिरहेका कान्तिपुर दैनिकका संवददाता पत्रकार वसन्तप्रताप सिंहले नेपाल पत्रकार महासंघको खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन्।

चैत २५ गते हुने महासंघको निर्वाचनमा व्यवसायिक र जिम्मेवार पत्रकारीताको विकासका लागि आफु उम्मेदवार भएको सिंहले बताएका छन्।

दुर्गमका अब्बल पत्रकारको रुपमा चिनिने पत्रकार सिंह मानवीय चासोका विषय, सुशासन, पर्यटन र सामाजिक न्याय लगायतका सवालमा १७ वर्षदेखि निर्भिक ढंगले कलम चलाउँदै आएका छन्।

पत्रकार सिंहले राष्ट्रिपतिले प्रदान गर्ने जनसेवाश्री पदक तथा (इञ्जा), कर्ण बोहरा स्मृती पत्रकारीता पुरस्कार, राष्ट्रिय शिक्षा पुरस्कार, कान्तिपुरको उत्कृष्ट संवददाता पुरस्कार, फेडवासन पुरस्कार लगायत दर्जनौ पुरस्कार र सम्मान पाइसकेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार