लामो समयदेखि उपचाररथ मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन

मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन

कैलाली: कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलको निधन भएको छ।  रावलको उपचारका क्रममा काठमाडौँको अन्नपूर्ण न्यूरो अस्पतालमा मंगलबार बिहान निधन भएको गाउँपालिकाले जनाएको छ।

लामो समयदेखि रक्त चापले ग्रेसित रावललाई ४ दिन अघि ब्रेन हेमब्रेज भएको थियो। उनलाई कोहलपुर मेडिकल कलेज हुँदै थप उपचारका लागि काठमाडौँ लगिएको थियो।

रावल नेकपा एमालेबाट गाउँपालिकाका अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार