सुदूरमा वायु प्रदूषण नभएको भन्दै ऐश्वर्य बहुमुखी क्याम्पसद्वारा पनि कक्षा सञ्चालनको सूचना जारी

ऐश्वर्य बहुमुखी क्याम्पसले जारी गरेको सूचना

धनगढीः सुदूरपश्चिम प्रदेशमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै धनगढीका केही क्याम्पसहरूले नियमित कक्षा सञ्चालन गरेका छन् ।

सोही मध्ये सुदूरपश्चिम प्रदेशमा वातावरणीय असहज अवस्था उत्पन्न नभएको भन्दै ऐश्वर्य बहुमुखी क्याम्पसले सूचना जारी गर्दै पठनपाठन नियमित सञ्चालन गरिने जनाएको छ ।

ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टद्धारा हस्ताक्षेरित सुचनामा भनिएको छ,”यस क्षेत्रमा त्यस प्रकारको वातावरणीय असहज अवस्था उत्पन्न नभएको कारण क्याम्पसको पठनपाठन पूर्व निर्धारित समयसारणी अनुसार सञ्चालन भईरहने व्यहोरा सबैमा जानकारी गराईको छ ।”

साथै विश्वमा फैलिएको कोरोना महामारीका कारण लामो समय देखि पढाई प्रभावित भएकोले पनि कक्षा नियमित सञ्चालन गरिएको ऐश्वर्य बहुमुखी क्याम्पसले जनाएको छ ।

शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले मंगलबार देखि चार दिन देशभरका सम्पूर्ण शिक्षण संस्थामा बिदा दिने निर्णय गरेको थियो ।

ऐश्वर्य बहुमुखी क्याम्पसले जारी गरेको सूचना
ऐश्वर्य बहुमुखी क्याम्पसले जारी गरेको सूचना

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार