मापसेसँगै गाँजा सेवनको परीक्षण सुरु

ट्राफिक चेकिङ
फाइल फोटो

काठमाडौं: ललितपुरमा आइतबारबाट र्‍यापिड टेस्ट किटको प्रयोगबाट लागुऔषध सेवन परीक्षण सुरु गरिएको छ ।

हिजोदेखि ललितपुका विभिन्न १३ स्थानमा महानगरीय प्रहरी परिसर ललितपुरले र्‍यापिड टेस्ट किटको प्रयोग गरी सवारी चालकहरूमा लागुऔषध सेवनको परीक्षण सुरु गरेको हो ।

यसअघि, मापसे चेकिङ मात्र हुँदै आएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यले भनिन्, “र्‍यापिड टेस्ट किटको प्रयोगबाट हुने परीक्षणले गाँजा र ट्बालेट प्रयोग गरेको तत्काल जानकारी हुन्छ । त्यस्तो पाइए अहिले ट्राफिक नियमानुसार नै कारबाही गरिरहेका छौँ । यसबाहेक हामी ट्रयाक रेकर्ड हेर्छौँ, निरन्तर सेवन गर्ने देखिए अन्य कानुन पनि आकर्षित हुन्छ ।”

टिपर, मोटरसाइकल, ट्रकलगायत केही चालकले गाँजा सेवन गर्ने गरेको पाइएको एसएसपी बज्राचार्यले बताइन् । निरन्तर रुपमा लागुपदार्थ सेवनको परीक्षणलाई अघि बढाउने उनको भनाइ छ ।

आइतबार लागुऔषध सेवन परीक्षण किट प्रयोग गरिएकोमा तीनजनाको नतिजा पोजिटिभ आएको थियो । सवारी–साधन जाँचको क्रममा ललितपुरमा १६ जनालाई नियन्त्रणमा लिनुका साथै ४३५ जनालाई ट्राफिक कारबाही समेत गरेको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार