तरकारीको राजा आलुका चार बेफाइदाहरु !

के तपाईंलाई थाहा छ, आलु खाँदा स्वास्थमा धेरै नोक्सान पनि पुग्छ भन्ने कुरा ?

आलु

आलुलाई तरकारीको राजा मानिन्छ । किनभने आलु प्राय: सबै तरकारीमा मिसाएर पकाउन मिल्छ ।

आलु बिनको तरकारी अपुरो जस्तो लाग्छ ।

तर के तपाईंलाई थाहा छ, आलु खाँदा स्वास्थमा धेरै नोक्सान पनि पुग्छ भन्ने कुरा ?

आलु खाँदा हुने प्रमाख नोक्सानहरु यस प्रकार छन् स्

ब्लड प्रेशर

आलुको सेवनले हाई ब्लड प्रेशरको खतरा बढ्छ । सर्वेक्षणका अनुसार हप्तामा चार अथवा त्योभन्दा धेरै पटक आलु खानाले हाई ब्लड प्रेशरको खतरा बढ्छ । त्यसैले हाई ब्लड प्रेसरको समस्याबाट बच्नका लागि आलुको सेवन गर्नु हुँदैन । गर्नु नै परेमा कम मात्रामा गर्नु पर्छ ।

मधुमेह

यदि तपाईं मधुमेह अर्थात डाइबिटीजको बिरामी हुनुहुन्छ भने आलुको सेवन गर्नु हुँदैन । आलु तपाईंका लागि अति नै नोक्सानदायक हुन्छ । वास्तवमा शुगरलाई नियन्त्रण गर्नका लागि आलु सेवनमा नियन्त्रण गर्नु पर्छ । आलुमा ग्लाइसेमिक इन्डेक्स हुन्छ, जसले शरीरमा ग्लूकोजको मात्रामा वृद्धि गर्छ ।

वजन

आलुको सेवनले तपाईंको वजन पनि बढ्छ । यदि वजन कम गर्न चाहनु हुन्छ भने आलु खान कम गर्नु पर्छ ।

एसिडिटी

आलुले ग्याँसको समस्या पनि उत्पन्न गराउँछ । आलुले प्रायस् मानिसलाई ग्यास्ट्रिक हुन्छ । यदि तपाईंलाई पनि यस्तै समस्या छ भने आलुको सेवन कम गर्नु पर्छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार