नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक

Bhuwan Chand

काठमाडौँं: नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द अभिनित म्युजिक भिडियो ‘पल पल’ सार्वजनिक भएको छ । प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रहेको गीतमा गैरे शुरेषले संगीत भरेका छन् ।

गीतको भिडियो पनि गीतकार तारा अधिकारीले आफ्नै निर्देशन गरेका हुन् । जसमा भुवनको अलवा निर्देशक अधिकारी, शिशिर भण्डारीको पनि अभिनय देख्न सकिन्छ ।

शिव ढकालको छायाँंकन, नहकुल खड्काको सम्पादन तथा सत्यम रानाको भिएफएक्स रहेको गीतको भिडियो चन्द्र विनायक फिल्म प्रोडक्शनले निर्माण गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार