बाजुराको गौमुलमा जीप दुर्घटना, चार जना घाइते !

जीप दुर्घटनामा परी चार जना घाईते

सडक दुर्घटना

बाजुराः बाजुरामा जीप दुर्घटना भएको छ। जिल्लाको गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा जीप दुर्घटना भएको हो। जीप दुर्घटनामा परी चार जना घाईते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मार्तडीबाट गौमुल गाउँपालिकाको मानाकोट जादैं गरेको से १ ज ५८० नम्बरको जीप गौमुल गाउँपालिकाको केन्द्र घट्मुनामा दुर्घटनामा परेको बाजुरा प्रहरीले बताएको छ। दुर्घटनामा परि चार जना घाइते भएका छन।

गौमुल गाउँपालिका वडा नम्बर ५ नक्राडाका ४५ वर्षिय नरबहादुर रोकाया, गौमुल गाउँपालिका वडा नम्बर १ दुर्गालीका २५ वर्षीया सुर्मा रोकाया र बुढीनन्दा नगरपालिका वडा नम्बर ९ का अन्दाजी २६ वर्षीया बिर्मा रोकाया घाइते भएका हुन्। उनीहरुको घट्मुना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर पठाइएको बाजुरा प्रहरीले बताएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार