सुदूर सहित देशभर मेघ गर्जन चट्याङ तथा वर्षा गराउने बादल विकसित, सतर्क रहन आग्रह

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा गराउने बादल विकसित

मौसम पूर्वानुमान
सांकेतिक तस्बिर

धनगढी: देशका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको मौसम पूर्वानुमान विभागले जनाएको छ।

पश्चिमी वायुका कारण तीन प्रदेशमा मेघगर्जन र चट्याङसहित ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

यो प्रणाली बिस्तारै पूर्वतिर सरिरहेकाले वाग्मती र  प्रदेश दुईका केही ठाउँमा पनि ठूलो असिना पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ। पश्चिमी वायुको प्रभाव अझै दुई दिन रहने मौसमविद्ले बताएका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार