पदमुक्त भएको केही घण्टामै थापा फेरि गृह मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीले थापालाई पुन: मन्त्री पदमा नियुक्त

गृहमन्त्री रामबहादुर थापा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापालाई गृहमन्त्रीको रुपमा पुनर्नियुक्त गरेकी छिन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भण्डारीले थापालाई पुन: मन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कार्यालयले विज्ञप्ति जारी गर्दै नियुक्तिबारे जानकारी दिएको हो।

‘संविधानको धारा ७८ को उपधारा (१) बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री रामबहादुर थापालाई मन्त्रीपदमा नियुक्ति गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ। थापाले आइतवार ५ बजे सपथ लिने तयारी गरेका छन्।

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थापालाई माओवादीले सांसदबाट हटाएको थियो। सांसदबाट हटाएसँगै उनी मन्त्री पदबाट पदमुक्त भएकोमा ओलीले फेरी गृहमै नियुक्ति दिएका हुन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार