अचम्म छ, खानेपानी संस्थानले १२ वर्ष अघि लिएको परीक्षाको नतिजा आज बल्ल सार्वजनिक !

२०६६ सालमा लिएको अन्तरवार्ताको नतिजा आइतबार सार्वजनिक

नेपाल खानेपानी संस्थान

काठमाडौं: अचम्म छ– एउटा सरकारी कार्यालयमा जागिर खानका लागि प्रतिस्पर्धामा भाग लिएका उम्मेद्वारहरुले आफ्नो परीक्षाको नतिजा थाहा पाउन १२ वर्ष कुर्नुपर्यो ।

यो दृश्य नेपालकै एउटा सरकारी संस्थाको हो । जस्ले १२ बर्ष अघि लिएको परीक्षाको नतिजा आज आइतबार बल्ल १२ बर्ष पछि सार्वजनिक गरेको छ ।

संस्थाको नाम हो, नेपाल खानेपानी संस्थान । २०६६ सालमा लिएको अन्तरवार्ताको नतिजा आइतबार सार्वजनिक गरेको हो । संस्थानले ५६ जना कार्यालय सहयोगीका लागि १२ बर्ष अघि विज्ञापन गरेको थियो । जसमा १ सय ७४ जनामध्ये योग्यताक्रमको आधारमा छनोट भएकालाई स्थायी नियुक्तिका लागि सिफारिस गरिएको पदपूर्ति समितिले जनाएको छ ।

खानेपानी संस्थानले निकालेको विज्ञापन प्रक्रिया चल्दै गर्दा बीचमा मुद्दा-मामिला परेपछि रोकिएको प्रक्रियालाई सर्वोच्च अदालतले प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि संस्थानले पुनः प्रक्रिया अघि बढाएको थियो । यसबीचमा सर्वोच्चले अन्य पदको लागि पदपूर्ति गर्न पहिल्यै आदेश दिएको भए पनि कार्यालय सहयोगी नियुक्तिको हकमा भने आदेश दिन बाँकी थियो ।

सर्वाेच्चले आदेश आएपछि २०७७ मंसिर ९ देखि २९ गतेसम्म अन्तरवार्ता सञ्चालन गरी २०७८ बैशाख ४ गते परीक्षाको नतिजा सार्वजनिक गरिएको हो । सोहीअनुसार गोरखापत्र दैनिकमा बैशाख ५ गते आइतबार संस्थानले सीमित र खुल्लातर्फ गरी ५६ जनालाइ पदपूर्तिका लागि सिफारिस गरिएको सूचना प्रकाशित गरेको छ । प्रकाशित सूचनाअनुसार खानेपानी संस्थानले स्थायी नियुक्ति दिन लागि कर्मचारीको नाम सिफारिस गरेको हाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार