वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय !

सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गरिने

विद्यालय बन्द
सांकेतिक तस्बिर

सरकारले वैशाखभर कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आज बिहान बसेको बैठकले कोरोना संक्रमण जोखिमका कारण वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले जानकारी दिनुभयो । यातायातसहितका सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

कोभिड १९ प्रभावित सहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको उहाँले बताउनुभयो । बैठकले चालू हिउँदे अधिवेशन आज दिउँसो १ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

पुस ५ गते विघटन भएर सर्वोच्च अदालतको फैसलापछि फागुन ११ गते पुनःस्थापित प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते सुरु भएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार