रेडियो रेड स्टार एफएममा तोडफोडमा संलग्न दोषीमाथि कारबाहीको माग (विज्ञप्ति सहित)

पत्रकार महासंघको आपत्ति, कारवाहीको माग
कैलाली: कैलालीको लम्की स्थित रेडियो रेड स्टार एफएममा भएको संघातिक आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश, नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली, नेपाल फोटो पत्रकार महासंघ जिल्ला शाखा कैलाली र प्रेस युनियन कैलालीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले विज्ञप्ति जारी गर्दै समाचारका विषयमा विमति भए कानुनी बाटो हुँदाहुँदै पनि स्थानीय टेकराज कठायतसहित ९ जनाको समूहले गरेको संघातिक हमला निन्दनीय भएको जनाएको छ। महासंघका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत दोषीमाथि कारबाहीको माग गरिएको छ।
यस्तै पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले पनि हिजो नै विज्ञप्ति जारी गर्दै उक्त मिडिया हाउसभित्रै प्रवेश गरी कुटपिट भएको घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन्। साथै जिल्ला शाखाले उक्त घटनाका बारेमा सत्य तथ्य बुझ्न शाखाका सदस्य नेत्रप्रसाद जैसीको संयोजकत्वमा प्रिन्स विक र रतनलाल चौधरी रहने गरी समिति गठन गरिएको जनाएको छ।
त्यस्तै नेपाल फोटो पत्रकार महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै मिडिया हाउसभित्रै प्रवेश गरी कुटपिट भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । भने अध्यक्ष पाण्डव पुजाराद्धारा जारी विज्ञप्तिमा दोषी माथि कानुन बमोजिम कडा कारबाही गर्न कैलाली प्रशासन समक्ष जोडदार माग समेत गरिएको छ ।
May be an image of text
साथै प्रेस युनियन कैलालीले विज्ञप्ति जारी गर्दै रेडियोमा तोडफोड गर्नु तथा रेडियोकर्मीमाथि हातपात गर्ने कार्यलाई कानुनी शासनको विपरीत भनेको छ। युनियनका अध्यक्ष श्रवण देउवाले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमार्फत पनि घटनामा संलग्न दोषी पत्ता लगाएर कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन प्रशासनसमक्ष माग गरिएको छ।
आइतबार स्थानीय ९ जनाको समूहले एफएममा प्रवेश गरी तोडफोड गर्नुका साथै प्रबन्ध निर्देशक वसन्त जैशीसहित २ जनालाई कुटपिट गरेको थियो। नेपाल पत्रकार महासंघ कैलालीका सदस्य तथा लम्कीकै स्थानीय भूपेन्द्र बिकका अनुसार लम्की चुहा नगरपालिका १ का टेकराज कठायतसहित ९ जनाको समूहले संघातिक हमला गरेको हो।
बाहिर आउनुपर्ने भन्दै एक्कासि सो समूहले एफएम तथा प्रबन्ध निर्देशक जैशी र समाचार प्रमुख मदन शाहीलाई कुटपिट गरेको थियो।  प्रबन्ध निर्देशक जैसीको कान र हात खुट्टामा चोट लागेको बताइएको छ। लम्किमा उपचार सम्भव नभएपछि उनलाई थप उपचारको लागि कोहलपुर लगिएको बताइएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार