बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँचै जनालाई कोरोना संक्रमण पुष्टि

मदनकृष्ण श्रेष्ठ
मदनकृष्ण श्रेष्ठ

काठमाडौं: बरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठसहित परिवारका पाँच सदस्यलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

अभिनेता श्रेष्ठले कोरोना पुष्टि भएपछि आफूहरु घरमै आइसोलेसनमा बसेको बताए । उनीसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको हो ।

कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । श्रेष्ठको आज जन्मदिन पनि हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार