जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक थापा र जोशीको सरुवा !

जिल्ला प्रहरी कार्यालय कैलाली

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक हिक्मत बहादुर थापा र प्रहरी निरीक्षक लक्ष्मी राज जोशीको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानव श्रोत एवं प्रशासन विभागको मिति २०७७।१२।२७ गतेको प्रहरी निरीक्षकहरूको सरुवा पत्रले प्रहरी निरीक्षक थापा र जोशीको सरुवा भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक हिक्मत बहादुर थापा इलाका प्रहरी कार्यालय दुम्किबास पूर्वी नवलपरासी  र प्रहरी निरीक्षक लक्ष्मी राज जोशी इलाका प्रहरी कार्यालय कमलबजार अछाम सरुवा गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनएको छ ।

प्रहरी निरीक्षक द्वयको फेरी भेटौला कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका तर्फबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ले विभागीय उचित नीति निर्देशन प्रदान गर्नुका साथै बिदाइ गर्नुभएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार