माधव गुटले एमाले छाडेर जानुपर्छ, नत्र निकाल्नुको विकल्प छैनः एमाले नेता दामोदर भण्डारी

माधव नेपालहरुलाई एमालेको इतिहासभन्दा जनयुद्धको इतिहास संग पूरै लभ परिसकेको छ !

माधव गुटले एमाले छाडेर जानुपर्छ, नत्र निकाल्नुको विकल्प छैनः एमाले नेता दामोदर भण्डारी

माधव नेपालहरुलाई एमालेको इतिहासभन्दा जनयुद्धको इतिहास संग पूरै लभ परिसकेको छ !

दामोदर भण्डारी

‘नेकपाएमालेलाई ध्वस्त पार्ने माधवकुमार नेपालको अभियानलाईपार्टी अध्यक्ष केपी शर्मा ओलीले सफल हुन दिनुभएन, त्यसैले माधव गुटले छिट्टै नयाँ पार्टी खोल्दैछ’–प्रतिनिधि सभामा एमालेका सांसद् दामोदर भण्डारीको विष्लेशण हो ।

माधव नेपालहरुलाई एमालेको इतिहासभन्दा जनयुद्धको इतिहासलाई प्यारो लाग्न थालेको भन्दै उहाँले भन्नुभयो– ‘पूरै लभ परिसकेको छ, उहाँहरु छुट्टिनै नसक्ने अवस्थामा पुग्नुभएको छ ।’

प्रचण्ड र माधव केही समयका लागि एउटा सिक्काको दुईटा पाटा भएको दावी गर्दै सा‌सद् भण्डारीले भन्नुभयो– ‘सिधै माओवादीमा प्रवेश गर्न उहाँहरुलाई लाज लाग्छ, त्यसो गर्दा जनतामा भ्रम दिन पनि सकिँदैन । त्यसैले पहिलो चरणमा बेग्लै पार्टी खोलेको नाटक गर्नुहुन्छ, त्यसपछि एकीकरण गरेको घोषणा गर्नुहुन्छ । हुने यही हो ।’

माधवले प्रचण्डसँग मिलेर एमाले सिध्याउन निकै प्रयास गर्नुभएको, झण्डैझण्डै सफल पनि हुनुभएको तर अन्तिममा हार्नुभएको विष्लेशण सुनाउँदै दामोदरले भन्नुभयो, ‘माधवले एमालेलाई मारिसक्नुभएको थियो । उहाँले दुई दशकदेखि निरन्तर एमालेको घाँटी निमोठ्दै आउनुभएको थियो । तैपनि मार्न सक्नुभएको थिएन । त्यसैले प्रचण्डको साथ लिएर एमालेको हत्या गर्न खोज्नुभएको थियो । हामीले माधव र प्रचण्डको हातबाट एमालेको हत्या हुन दिएनौं, एमालेलाई बचाएका छौं, पहिले भन्दा बलियो र संगठित बनाएका छौं’, भण्डारीले भन्नुभयो ।

‘अब अदालत गएर केही हुनेवाला छैन, हिम्मत छ भने उहाँहरुले जनअदालत जानुपर्छ । जनअदालत भनेको चुनाव हो । चुनावमा उहाँहरुले एक सिट ल्याउने त कुरै छाडौं, २६५ निर्वाचन क्षेत्रमा एक क्षेत्रमा पनि जमानत बचाउन सक्नुहुन्न । नयाँ पार्टी खोलेर मिडियाखेती गर्ने बाहेक उहाँहरुसँग अब कुनै उपाय छैन’, सा‌सद् भण्डारीले भन्नुभयाे।

माधव गुटले एमालेको हत्या गर्न अझै निरन्तर प्रयास जारी रहने विष्लेशण सुनाउँदै भन्नुभयो, ‘अहिलेका लागि उहाँहरुको दुईटा उद्देश्य छ– जसरी पनि चुनाव हुन नदिने र माओवादी केन्द्रमा प्रवेश गरिछाड्ने ।’

माधव गुटको उद्देश्य क्लियर भइसकेको दावी गर्दै दामोदरले अबको बाटो बताउनुभयो, ‘एमालेको खोल ओढेर एमालेलाई नै सखाप पार्न खोज्नेहरु असफल भएका छन् । उनीहरुको भण्डाफोर भइसकेको छ ।

अब उनीहरुले आफैं सर्लक्क पार्टी छाडेर जानु राम्रो हुन्छ । त्यसो गर्दैनन् भने तुरुन्त पार्टीबाट हटाउनुपर्छ । माधव गुटले नयाँ पार्टी खोलेमा या माओवादी प्रवेश गरेमा एमाले शुद्ध बन्ने उहाँले बताउनुभयो ।

‘माधव नेपाल लगायतका नेताहरु माओवादीमा जानुभयो भने देशभरबाट दुईचार सय कार्यकर्ता पनि सँगै जान्छन्, त्यसो भयो भने पार्टी शुद्धिकरणलाई सघाउ पुग्ने थियो’ दामोदरको दावी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार