बित्थडचिरमा वैशाख १२ गतेबाट वार्षिक परीक्षा सञ्चालन हुँदै (तालिका सहित) 

बित्थडचिर

बझाङ ।  बित्थडचिर गाउँपालिकाका सबै विद्यालयमा वैशाख १२ गतेबाट वार्षिक परीक्षा सञ्चालन हुने भएको छ।

वैशाख ८ गते बसेको बैठकमा कोरोनाको विकराल रूपलाई मध्यनजर गर्दै परीक्षा सञ्चालन गर्ने भएका छन्। गाउँपालिकाभरिका सम्पूर्ण विद्यालयमा कक्षा ८, ११ र १२ बाहेक सबैको परीक्षा हुने र कक्षा ८ को वैशाख २६ गतेबाट हुने भएको छ।

विश्व महामारी कोरोनाले विकराल रूप लिएको हुँदा विद्यार्थी अन्योलमा नपरून् भन्ने हेतुले परीक्षा सञ्चालन गरिएको हो। राष्ट्रिय परीक्षा बोर्डले लिने गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) पनि बित्थडचिरमा वैशाख १२ गते देखि नै हुने भएको छ।

बित्थडचिरका सम्पूर्ण विद्यालयमा आज देखि र्यान्डम टेस्ट गरिरहेका र परीक्षामा उच्च सतर्कता अपनाइ परीक्षा गराइने भएका छन् । परीक्षामा एउटा कोठामा करिब ३० जना राख्नेगरि , अनिवार्य मास्क र अनिवार्य सामाजिक दुरी कायम गरी परीक्षा गरिने भएको छ। गाउपलिकामा वार्षिक परीक्षा वैशाख १२ गते देखी २० गतेसम्म सञ्चालन हुने भएको छ।

No description available.

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार