पत्रकार चटौतको उपचारका लागि देउवाद्वारा आर्थिक सहयोग अभियान

पहिलो दिन सञ्चारकर्मीहरुबाट झण्डै १६ हजार नौ सय १५ रुपैया संकलन

धनगढी: काठमाडौंमा उपचाररत कैलालीका पत्रकार पुष्पराज पिआर चटौतको उपचारका लागि सहयोग रकम संकलन अभियान शुरु गरिएको छ ।

प्रेस यूनियन कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा शनिबारदेखि सो अभियान शुरु गरिएको हो । अभियानको पहिलो दिन सञ्चारकर्मीहरुबाट झण्डै १६ हजार नौ सय १५ रुपैया“ संकलन गरिएको थियो ।

संकलित रकमलाई नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव रोशन पुरीलाई हष्तान्तरण गरिएको थियो । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल र प्रेस यूनियन कैलाली शाखा अध्यक्ष देउवाले संयूक्त रुपमा महासचिव पुरीलाई रकम हष्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै महासचिव पुरीले पत्रकारको स्वास्थ्य उपचारका लागि संकलित रकम भेटेर हष्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले केन्द्रिय समितिले पनि पत्रकार चटौतका लागि आर्थिक सहयोगका लागि पहल गर्ने बताए । उनले भने –‘अहिले सञ्चारकर्मीहरु जटिल अवस्थामा पुग्दा स्वास्थ्यउपचार गर्न आर्थिक अभाव झेलिरहेका छन । यस विषयमा महासंघ गम्भिर हुनेछ र पहल थाल्नेछ ।’

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले पत्रकारको स्वास्थ्यउपचारका लागि एक करोडको कोष स्थापना गरिने घोषणा गरे । उनले भने –‘अहिले पत्रकारहरु विरामी पर्दा आर्थिक अभाव झेलिरहेका छन । यो समस्या आउन नदिन महासंघले एक करोडको अक्षयकोष स्थापना गर्ने छ । मेरो पहिलो अभियाननै यही हुने छ ।’

प्रेस यूनियनका अध्यक्ष श्रवण देउवाले सानो–सानो रकम संकलन गरेर पत्रकार चटौतको उपचार खर्चमा केही राहत पुगोस भनेर अभियान सञ्चालन गरिएको बताए ।

पत्रकार चटौत २०६४ सालमा मोटरसाईकल दुर्घटनामा परि घाइते भएका थिए । अहिले उनको कुइनोको नशा च्यापिएको जनाइएको छ । सो को अप्रेसन गर्न मह“गो शूल्क लाग्ने भएकाले आर्थिक सहयोग अभियान गरिएको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार