मोबाइल ब्लड बस खरिद गर्न भक्त बि.बि. फर ह्युमानिटीले गर्‍यो १००१ अमेरिकी डलर सहयोग

सुदूरपश्चिम समाज टेक्सस मार्फत

भक्त बि.बि. फर ह्युमानिटी
धनगढी: मोबाइल ब्लड बस खरिद गर्नका लागी सुदूरपश्चिम समाज टेक्सस मार्फत भक्त बि.बि. फर ह्युमानिटीले १००१ (युएस डलर) अर्थात एक लाख १९ हजार ९ सय नेपाली रुपैयाँ  सहयोग गरेको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) ले सुदूरपश्चिम प्रदेशका लागि नेपाल रेडक्रस सोसाइटी कैलालीलाई प्रदान गर्ने उद्देश्यले मोबाइल ब्लड बस खरिदका लागि थालेको आर्थिक संकलन अभियानमा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम सहयोग गरेको भक्त बि.बि. फर ह्युमानिटी संरक्षक भक्त बहादुर भण्डारी तथा संस्थाका केन्द्रीय सल्लाहकार राज बहादुर चन्दले बताएका छन् ।
भक्त बि.बि. फर ह्युमानिटीले यस अघि पनि डडेल्धुरामा सञ्चालित पिसिआर मेसिन खरिदको भुक्तानीका लागि भक्त बिबि हेल्पिङ्ग ह्यान्डस फर ह्युमानिटी र यूएनएका अध्यक्ष भक्त बहादुर भण्डारीले तीन लाख ५९ हजार एक सय ३६ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका थिए ।
एनआरएनको मोबाइल ब्लड बस प्रोजेक्टको आर्थिक संक्लन अभियानका सदस्य हिक्मत थापाले मोबाइल ब्लड बस खरिदका लागि सहयोग गरेकोमा भक्त बि.बि. फर ह्युमानिटी प्रति एनआरएन र सुदूरपश्चिमवासीका तर्फबाट आभार व्यक्त गरेका छन् ।
एनआरएनले धनगढीलाई प्रदान गर्ने मोबाइल ब्लड बस खरिदका लागि ६१ लाख रुपैयाँ लाग्ने बताइएको छ । जसका लागि हालसम्म करिब ३० लाख रुपैयाँ भन्दा संकलन भइसकेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार