लागुऔषध सहित २ जना पक्राउ

लागुऔषध सहित

कञ्चनपुर : कञ्चनपुरमा लागुऔषधिसहित २ जना पक्राउ परेका छन्।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी मातहत रहेको आपताल बोडर आउट पोष्टबाट खटिएको टोलीले जिल्लाको पुर्नवास नगरपालिका– ४ काग्रिलडाँडा सिमा क्षेत्रबाट लागुऔषधि नाईट्राभेट–१० का १ सय १४ ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका– ५ पवित्रावस्ती बस्ने १९ वर्षीय कमल दमाई र सोही ठाउँका १९ वर्षीय शिवराज भट्ट रहेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले बताए।

पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती बुझाइएको उनले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार