कञ्चनपुरमा बेवारिसे अवस्थामा रहेका कार र मोटरसाइकल बरामद

बेवारिसे अवस्था

धनगढी: कञ्चनपुरमा बेवारिसे अवस्थामा रहेको कार र मोटरसाइकल बरामद गरिएको छ।

प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका–३ स्थित आवश्यक कागजात नभएका तथा बेवारिसे अवस्थामा फेला परेका भारतीय नम्बर प्लेटको कार र मोटरसाइकल बरामद गरेको हो।

करिब ३ लाख २५ हजार मूल्य बराबरको डीएल २ सीएएल ८८२३ नम्बरको कार र नम्बर प्लेट नभएको मोटरसाइकल बरामद गरी आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए।

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार