काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै झन्डै पाँच लाख सर्वसाधारण बाहिरिए

सर्वसाधारण बाहिरिए

काठमाडौँ: सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै करिब पाँच लाख सर्वसाधारण उपत्यका बाहिरिएको अनुमान गरिउको छ । यकिन तथ्याङ्क सार्वजनिक नगरिए पनि यात्रु चाप हेर्दा झन्डै पाँच लाखले एकै दिन उपत्यका छाडेको यातायात व्यवसायीको अनुमान छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको नयाँ सङ्क्रमण भयावह रूपमा फैलिएसँगै त्यसको रोकथाम तथा नियन्त्रणका लागि बिहीबारदेखि लागू हुने गरी उपत्यकामा १५ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मङ्गलबार मात्र झन्डै पाँच लाखले उपत्यका छोडेको अनुमान गरिएको छ ।

उपत्यका भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर रहेको छ । नागढुङ्गा, भक्तपुरको जगाते, बल्खु–फर्पिङ, चन्द्रागिरि, ललितपुरको लेले, टोखा छहरे, मुड्खु, जरसिंहपौवा र रामकोटलगायतका नाकाबाट भित्रिनेभन्दा बाहिरिने सवारी साधनको सङ्ख्या दोब्बर पुगेको ट्राफिकले जनाएको छ ।

मंगलवार नागढुङ्गा नाकाबाट मात्रै १५ हजार सार्वजनिक सवारी साधन बाहिरिएका छन् । ती सवारी साधनबाट करिब दुई लाख ५० हजार यात्रु बाहिरिएको प्रहरीको अनुमान छ ।

महानगरीय प्रहरी कार्यालयका अनुसार बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म एउटै नाकाबाट यति धेरै यात्रु बाहिरिएका छन्। भक्तपुरको जगातेबाट पनि करिब एक लाख मानिसले उपत्यका छोडेको अनुमान छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार