जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक बोहरा सम्मानित

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बोहरा सम्मानित

धनगढी: जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहरा सम्मानित भएका छन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले प्रहरी निरिक्षक बोहरालाई महिनाको सर्वश्रेष्ठ ट्राफिक प्रहरीको अवार्ड र नगद पुरस्कार प्रदान गरेको हो ।

उक्त अवार्ड र नगद पुरस्कार सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक बामदेब गौतमले बोहरालाई हस्तान्तरण गरेका हुन ।

  • के गरेर बने बोहरा ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ ?

“सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको अभिलाषा, प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा स्थानीय तहको सहभागिता” भन्ने तालुक सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको मूल नारालाई आत्मसाथ गर्दै विभागीय मूल्य मान्यता नीति निर्देशन बमोजिम ईमान्दार, बफादार, कर्त्यब्यनिष्ठ, अनुशासित र लगनशील भई कुशल कार्य सम्पादन गर्नुका साथै  यस जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका वडा एरियामा सवारी दुर्घटना न्यूनीकरण र प्रभावकारी ट्राफिक व्यवस्थापनको लागी डिजिटल सूचना वोर्ड संचालन, समुदाय प्रहरी साझेदारी अन्तर्गत सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी हेडिङ बोर्ड तथा ब्यानर राखिएको,  बेवारिसे अवस्थामा भेटिएका १३ वटा मोटर साइकल आवश्यक कारबाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगर  पठाइएको, विभिन्न समयमा स्थानीय तह, यातायात व्यवसायीहरू, स्कुल, कलेज लगायत अन्य सरोकारवाला निकायसँग समन्वय गरी स्कुल कार्यक्रम,सार्वजनिक सुनुवाइ कार्यक्रम र ट्राफिक सचेतना मूलक कार्यक्रम आयोजना गरी उत्कृष्ट काम गरे बापत यस जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढी कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बहादुर बोहरालाई तालुक सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया कैलालीले  २०७७ साल चैत्र महिनाको सर्वोत्कृष्ट ट्राफिक प्रहरी “BEST TRAFFIC POLICE OF THE MONTH” द्वारा सम्मान तथा पुरस्कृत गरेको हो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार