निषेधाज्ञा तोड्ने दुलाहा घोक्र्याइए, बैवाहिक समारोह सञ्चालन गर्ने अविभावक पक्राउ

निषेधाज्ञा तोड्ने दुलाहा घोक्र्याइए, बैवाहिक समारोह सञ्चालन गर्ने अविभावक पक्राउ

निषेधाज्ञा तोडेर राती अबेरसम्म झकिझकाउ बैवाहिक समारोह

निषेधाज्ञा तोडेर राती अबेरसम्म झकिझकाउ बैवाहिक समारोह सन्चालन गर्नेहरुलाई प्रहरीले हस्तक्षेप गरेको छ ।

म्यारिज हलमा नाचगान र भोजभतेर चलिरहेको बेला बर्दी र सादा पोशाकका प्रहरीको हुलै गएर दुलाहालाई घोक्र्याउनुका साथै दुलही,नातेदार र खाना टिप्दै गरेका पाहुना,मनोरञ्जन दिन आएका कलाकार,ब्याण्ड बजाउनेसहित उपस्थित सबका सबलाई घोक्र्याएर निकालेको हो ।

यसक्रममा केही अविभावकलाई गिरफ्तारसमेत गरिएको छ । आफन्तले अनुमतिपत्र देखाए पनि प्रहरीले ‘अनुमति विवाहको लागि मात्रै हो,रातिको १० बजेपछि होहल्ला गर्नको लागि हैन’ भन्दै अनुमतिपत्र च्यातेको बताइन्छ ।

दुलहीका दाइले राती साढे ११ बजेपछि शुभसाइत रहेको बताउँदै सोही समयमा विवाह गर्नुपरेको बताए पनि निषेधाज्ञा नम्बर १४४ तोडेको भन्दै भारतीय प्रहरीले उनीहरुलाई हिरासतमा लिएको भिडियो सार्वजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार