मेरो प्लान अनुसार काम भए युवाहरु विदेशिनु पर्दैन : नवनियुक्त मन्त्री मनाङ्गे

दीपक मनाङ्गे

पोखरा । दीपक मनाङ्गेले खेलुकद मन्त्रीको शपथ लिएका छन् । दीपक मनाङ्गे भनेर चिनिने मनाङ ‘ख’ बाट गण्डकी प्रदेश सभा सदस्य निर्वाचित राजीव गुरुङले युवा तथा खेलकुदमन्त्रीको पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

सपथ कार्यक्रममा मन्त्री मनाङ्गे फुरुङ्ग देखिएका थिए । सपथ ग्रहणका लागि प्रदेश नीति तथा योजना आयोगको हलमा पुगेका मनाङ्गेले केहीबेर सञ्चारकर्मीहरुसँग गफिएका थिए । सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले आफुले युवाको क्षेत्रमा काम गरिरहकोले यो मन्त्रालय रोजेको बताएका छन् ।

आफुसँग युवा तथा खेलकुद मन्त्रालय हाँक्ने ‘विजनेस प्लान’भएको भन्दै त्यो अनुसार काम भएमा युवाहरू विदेश जानु नपर्ने मनाङेले बताएका छन् । आफुले यस अगाडि पनि युवाहरु रोजगारी दिएको बताउदै उनले भने, मेरो प्लान अनुसार काम भए युवाहरु विदेशिनु पर्दैन ।

मनाङ्गेले भने,’यस मन्त्रालयका लागि भिजन अलमोस्ट रेडी नै रहेको र युवा तथा खेलकुदमा पहिलेदेखि नै हामीले रोजगार दिइराखेकोले पनि आफुलाई सहज हुन्छ ।’

कार्ययोजना अहिले नै तयार नै छ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ‘धेरै गर्नुपर्ने देश होइन, ४र५ वटा काम प्रभावकारी ढंगले गर्‍यो भने पुग्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार