कैलालीमा लकडाउनको दोस्रो दिन: निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारबाही, ५ हजार राजस्व संकलन

कैलाली निषेधाज्ञाको दोस्रो दिन

धनगढी: कैलालीमा निषेधाज्ञाको दोस्रो दिन पनि निषेधाज्ञा उल्लंघन गर्ने सवारी साधनलाई कारवाही गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा निषेधाज्ञा उल्लंघन गर्ने एक हजार १०१ सवारी साधनलाई होल्ड गरिएको हो ।

जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार ठुला साना सवारी साधन गरि एक हजार १०१ लाई होल्ड गरि सम्झाई बुझाई छोडिएको छ । भने १० वटा सवारी साधनलाई कारवाही गरि साढे पाँच हजार राजस्व संकलन गरिएको छ ।

निषेधाज्ञालाई प्रभावकारी कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको प्रहरी र ट्राफिक प्रहरीको संयुक्त गस्ती टोलीले निगरानी बढाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार