कञ्चनपुरमा एक व्यापारी झुण्डिएको अवस्थामा मृत फेला !

कञ्चनपुरमा एक व्यापारी झुण्डिएको अवस्थामा मृत फेला

कञ्चनपुर: कञ्चनपुरको लालझाडी गाउँपालिकामा आज शनिवार विहान ६ बजे रुखमा एक जना व्यक्ति झुन्डीएको आवस्थामा फेला परेको हो ।

सो झुन्डिएको व्यक्ति लालझाडी गाउपालिका वडा नं. ३ बल्मिका राम बहादुर चौधरी रहेका छन , चौधरी सोहि ठाउँका गल्ला व्यापारी हुन । परिवार स्रोतका अनुसार उनी १६ गते साँझा पसलबाट ५ लाख नगद रुपैया लिएर निस्केका हुन तर पैसा के का लागि लगेका हुन भनी परिवार जनलाई थाहा दिएका थिएनन ।

यसरी १६ गते साँझा निस्केका व्यक्ती एकै पटक १८ गते विहान ६ बजे नन्देश्वर सामुदायिक वन उपभोक्ता समुह लालझाडी ३ नन्दगाउ जानेबाटोको किनारा खानेपानी टंकी नजिक कुसमको रुखमा झुन्डिएको आवस्थामा फेला परेको प्र.नं.नि नरेद्र बहादुर चन्दले जानकारी दिनुभयो ।

प्रकृतिको दृष्य हेर्दा मारेरा झुन्डिाइएको अशंका गरेका हुन त्यहाँ उपस्थित व्यक्तिहरु मध्ये सानु रानाले जताए । प्र.नं.नि चन्दले थप अनुसान्धान भइरहेको जानकारी दिए र पाेष्टमडमकाे लागि लास धनगढीकाे प्रदेशिक अस्पतालमा ल्याइकाे छ

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार