महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग

महिला सांसदमाथि हातपात भएको भन्दै डीआईजीमाथि कारबाहीको माग

बुटवल । लुम्बिनी प्रदेशका केही महिला सांसदले आफूहरुमाथि प्रहरी प्रशासनले हातपात र दमन गरेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रहरी प्रमुख डीआईजी रवीन्द्र धानुकले महिला सांसदमाथि हातपात गर्दै दुर्व्यवहार गरेको आरोप लगाए ।

डीआईजी धानुकको नेतृत्वमा महिला सांसद निर्मला क्षेत्री, फूलमति ढेगा, लौटी थारु, सुष्मा यादव, पुष्पा थरुनी, गीता थापामाथि हातपात भएको नेपाली काँग्रेसकी सचेतक निर्मला क्षेत्रीले बताइन् ।

‘प्रदेश प्रमुखको कार्यालयमा आइतबार साँझ अल्पमतमा परेका मुख्यमन्त्री शंकर पोखरेलको सपथ रोक्नका लागि हामीहरू धर्नामा थियौं,’ उनले भनिन्, ‘प्रहरी प्रमुख धानुकले महिला प्रहरी प्रयोग नगरी आफै हातपातमा लागे । महिला सांसदहरुको संवेदनशील अङ्गमा हातपात भएको छ, हातपात गर्ने प्रहरी प्रमुख धानुकलाई कारबाहीको माग राखेका छौं ।’

नेकपा माओवादी केन्द्रका सांसद दामा शर्माले प्रहरी प्रमुखले प्रदेश प्रमुखको कार्यालयमै महिला हिंसा गरेकाले आफूहरुले कानूनी उपचार खोज्ने बताइन् ।

मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्बन गर्नुपर्ने नेपाली काँग्रेसका संसदीय दलका नेता वीरेन्द्र कनौडियाले बताए । -रातो पाटीबाट

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार