बाजुरामा १४ वर्षीया किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइए पछि…

किशोरीलाई जलाउन खोज्ने अभियुक्तको खाजी कार्य जारी

किशोरीमाथि पेट्रोल छर्केर आगो
सांकेतिक तस्बिर

बाजुरा: बाजुरामा एक किशोरीमाथि पेट्रोल छर्केर आगो लगाइएको घटना बाहिर आएको छ।

जिल्लाको त्रिवेणी नगरपालिका–९ मलालगाउँमा बिहे हेर्ने गएका बेला त्रिवेणी नगरपालिका–८ पन्तालीकी १४ वर्षीया सभ्यता बुढाको शरीरमा पेट्रोल छर्केर आगो लगाइएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। आगोले जलेर बालिका घाइते भएकी छन्।

किशोरीलाई जलाउन खोज्ने उक्त नगरपालिका–८ कालापानीका सुमन गिरी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए। हाल गिरी फरार रहेको उनले बताए। फरार रहेका गिरीको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक महराले बताए।

घाइते बालिकालाई जिल्ला सदरमुकाम मार्तडी ल्याइएको र बालिकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार