सिंगापुर बन्यो कोरोना महामारीमा विश्वको सबैभन्दा सुरक्षित देश

१५ प्रतिशत जनसंख्यालाई खोप

सिंगापुर

भारतसहित विश्वको थुप्रै देशमा कोरोना सङ्क्रमण बढ्दै गएको छ तर एसियाको सानो द्वीप यस महामारीमा सबैभन्दा सुरक्षित देशको रूपमा अगाडी आएको छ । ब्लूमबर्गको एक रिपोर्टको अनुसार सिंगापुर, न्युजिल्याण्डलाई  पछाडी पार्दै विश्वको सबैभन्दा सुरक्षित देशको स्थान प्राप्त गरेको छ ।

कोरोना महामारीलाई राम्रोसँग ट्याकल गरेको न्युजिल्याण्ड थुप्रै महिना देखि पहिलो स्थानमा रहँदै आएको थियो । यस सुचीलाई थुप्रै मानकलाई आधार बनाएर तयार गरिएको छ, जसमा कोभिड केसलाई लिएर घुम्ने स्वतन्त्रता पनि राखिएको छ । रिपोर्टको अनुसार सिंगापुरको खोप अभियानको कारण पहिलो स्थानमा पुगेको छ, न्युजिल्याण्डमा खोप कार्यक्रम प्रभावकारी हुन नसक्दा पहिलो स्थान गुमाएको रिपोर्टमा उल्लेख गरिएको छ ।

महामारीको समयमा यस्तो देशमा बस्न कस्तो हुनेछ जहाँ स्थिति करिब करिब सामान्य जस्तो छ । अहिलेको समयमा सिंगापुरमा केही सङ्क्रमण देखिएको थियो तर त्यसलाई नियन्त्रणमा लिइयो र कुनै पुरै क्षेत्रमा कोरोना सङ्क्रमण प्राय शुन्य छ ।

कतै जाने विषयमा नियम कडा छ र सिमानामा पनि कडा सुराक्षा छ । बाहिरबाट आउने हरेक सामानको जाँच हुन्छ र छुट्टै राखिन्छ ।

पछिल्लो वर्ष दुई महिनाको लकडाउन बाहेक पुन लकडाउन गर्नुपर्ने अवस्था आएको छैन । जनजीवन करिब सामान्य छ । मानिसहरू आफ्नो साथी तथा आफन्तलाई भेट्न सक्छन् भने बाहिर खाना खान र रेस्टुरेन्ट खुला छ । तर एकै ठाउँमा आठ जना भन्दा धेरै मानिस भेट गर्न अनुमति छैन र मास्क लगाउन अनिवार्य छ ।

बाहिर खाना खाँदा र व्यायाम गर्दा फुकाल्न अनुमति छ । प्रायजसो मानिसहरू आफ्नो घर फर्केका छन् भने कार्यालयमा सामाजिक दुरी कायम गरिएको छ ।

मानिसलाई सिनेमा हेर्न र किनमेल गर्न जान अनुमति छ तर मास्क र कन्ट्याक्ट ट्रेसिंग एप अनिवार्य छ । विद्यालय सबै खुला छ र छुट्टिमा बालबालिकालाई बाहिर घुमाउन लैजान मिल्छ तर गरेका स्थानमा केवल कम मानिसलाई मात्र अनुमति छ ।

१५ प्रतिशत जनसंख्यालाई खोप

सिंगापुरमा १५ प्रतिशत जन्संख्यालाई कोरोना विरुद्धको खोप लगाईसकेको छ । यो सफल हुनुको कारण देशमा केवल ६० लाख जनसङ्ख्या छ तर यसको लागि प्रभावकारी प्रतिक्रिया, सरकार र खोपको पनि प्रमुख भूमिका रहेको छ । सिंगापुरको नागरिकको लागि सुरक्षित छ तर हजारौँ प्रवासी कामदारको लागि यस्तो छैन ।

उनीहरूलाई आफ्नो काम गर्ने स्थानमा डोरमेट्रि सम्म सिमित रहन बाध्य छन् यस निर्णय पछिल्लो वर्ष सङ्क्रमण फैलिएपछि गरिएको थियो । उनीहरूलाई आफ्नो डोरमेटरी छोड्नको लागि कम्पनीबाट अनुमति लिनुपर्ने हुन्छ र भेटघाटको लागि सरकारी स्थान तय गरिएको छ ।

यो देशको बाँकी भाग सुरक्षित राख्नको लागि अपनाइएको किनभने सरकारको अनुसार यो सङ्क्रमण फैलाउन सक्ने ठुलो खतरा हो । यो एउटा तितो सत्य हो, समानताको कुरा गर्ने सिंगापुर अहिले पनि एउटा रुढीवादी देश हो । आप्रवासीको हकको लागि आवाज उठाउने एक सामाजिक कार्यकर्ता भन्छन्, ‘यो निर्णय लाजमर्दो र भेदभावपूर्ण  छ ।”

“ न्युजिल्याण्ड पनि यस सुचीमा माथि रहेको छ तर उनीहरुले मानिसको अधिकार खोसेका छैनन् , यो केवल नतिजा मात्र होइन, हामी त्यहाँ सम्म कसरी पुग्न सक्छौं भन्ने जरुरी छ ।” गरिबको लागि यस महामारीले ठुलो समस्या उत्पन्न गरेको छ ।

सरकारले अर्थव्यवस्थालाई ठिक गर्न र सहयोगको आवश्यकता रहेको परिवारको सहयोग गर्न लाखौँ डलर खर्च गरेको छ र बेरोजगारीको डर पनि कम गरेको छ ।

तर तथ्यांकले बताएको सही होइन, थुप्रै मानिसको पारिश्रमिक कम भएको छ ,कतिपयको जागिर गुमाएका छन् भने कतिपय खाना डेलिभरी तथा ड्राईभिंगको काम गर्दै छन् ।

समाजिक कार्यकर्ता पैट्रिक वीको अनुसार, “ यो ठुलो समस्या हो र आफुले दिनभरी कति कमाउँछु भन्ने थाहा नहुनु निकै तनावपूर्ण हुन्छ, उनको ठाउँमा जो कोही सजिलै प्राप्त गर्न सक्छ जसको कारण जागिर गुमाउने ठुलो डर हुन्छ ।”

एउटा सुनको पिँजडा 

ती नागरिक जसले स्वतन्त्र बहेको अनुभव गरिरहेका छन् र उनीहरूलाई पारिश्रमिक मिलिरहेको छ उनीहरूको लागि पनि समस्या छ । एउटा यस्तो देश जहाँ हरेक स्थानमा क्यामेरा लगाइएको छ र जहाँ थोरै भए पनि निजी जीवनको अनुभव लिन पाएका थिए महामारीले त्यसको पनि अन्त्य गरेको छ ।

मानिसहरू जहाँ गए पनि एक एप वा टोकनको प्रयोग गर्नुपर्ने हुन्छ, कसैलाई भेट्न जाँदा सबै जानकारी सरकारसँग  हुन्छ ।

तर सरकारले यस डाटाले मानिसको पहिचान नहुने दाबी गर्दै आएको छ ।

कोभिड-१९ ले प्राइभेसीको विवादलाई अन्त्य गरेको छ र धेरै मानिस सरकारको यस निर्णय प्रति सहमत छन् कि यस अवस्थामा यसको आवश्यकता छ तर कतिपय मानिसले यसको डाटा लिक हुनसक्ने खतरा भएकोले चेतावनी  दिएको छ ।

तर यात्रा र क्वारेन्टिनको कडा नियमको बारेमा धेरै मानिसले सुनको पिँजडामा बसेको अनुभव गरेको बताएका छन् यसको मतलब अन्य देशमा बस्ने परिवार र आफन्तलाई भने भेट्न अनुमति छैन ।

यो अब  सम्भव छैन त्यसैले हजारौँ मानिस अब ती क्रुज जहाजमा चढ्न जाने गर्दछन् जो कहीँ जाँदैन र मोटरसाइकल वा कारबाट घुम्ने मानिस मलेसियाको हाइवे मा देखिन्थे अहिले सिंगापुरको टापुमा चक्कर लगाइरहेको देखिन्छन् ।

सिंगापुरले हङकङसँग ट्राभल बबल खुला गर्ने खबरले मानिसहरू खुसी भएका छन् तर पछिल्लो वर्ष पनि यस्तो प्रयास भएको थियो जुन सफल हुन सकेन ।

सिंगापुर सरकारले लगातार अर्थव्यवस्थालाई बचाउनको लागि देशलाई खोल्नुपर्ने बताएको छ । यसको शुरुवात चीन र अस्ट्रेलियाबाट शुरुवात गरेको छ जहाँ कडा प्रतिबन्धको साथमा यात्रा गर्न सकिनेछ । सिंगापुर एक दिन बाँकी विश्वसँग चल्न शुरु गर्नेछ र कोभिडको परीक्षा हुनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार