कतारमा जेल जीवन बिताइरहेका १४ नेपालीले पाए आममाफी

जेल चलान

दोहा: कतारले विभिन्न कसुरमा जेलजीवन बिताइरहेका  १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ ।

कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा रहेका १४ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो । कारागारमा सजाय भोगिरहेका उनीहरुलाई मुस्लिम समुदायको पवित्र महिना रमादानको अवसरमा माफी दिइएको हो।

आममाफी पाएकाहरुलाई नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रवीण भट्टराईले जानकारी दिए ।

कतारले रमादानको अवसरमा प्रत्येक वर्ष कसूरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ । यसअघि विभिन्न कसुरमा जेल जीवन बिताइरहेका ८ जना नेपालीलाई कतारले माफी दिएको थियो। अघिल्लो वर्ष नै कोरोना महामारीको कारण थप १७ कैदी बन्दीलाई आमफी पाएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार