आज सेती प्रादेशिक अस्पतालमा उपचार रथ १२ जना संक्रमितले जिते कोरोना

१२ संक्रमित फेरी अस्पतालमा भर्ना

कोरोना संक्रमित

धनगढी: सेती प्रादेशिक अस्पतालबाट १२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन । अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा १२ जना संक्रमित निको भएर घर फर्किएका हुन । भने १२ संक्रमित फेरी अस्पतालमा भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

यसैगरी अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३७४ नमूना परीक्षण गर्दा १७५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये धनगढीका ८४ जना रहेका छन् । यस्तै धनगढीबाहेक कैलालीका १४० जना र अन्य जिल्लाका ३५ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

हाल अस्पतालमा ५० जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार