कञ्चनपुरमा भन्सार छली ल्याइएका ३ लाख बढीका अवैध सामान बरामद

सामान बरामद
फाइल तस्बिर

 कञ्चनपुर:  कञ्चनपुरमा भन्सार छली ल्याइएका अवैध सामान बरामद गरिएको छ। जिल्लको बेदकोट नगरापालिका वडा नम्बर १० सिसैयास्थित सडक खण्डमा भारतबाट भन्सार छली, चोरी पैठारी गरि ल्याइएका अजैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर धामीले बताए।

३ लाख १६ हजार १२० मुल्य बराबरको चिनि, बिडी, सलाई, स्याम्पु लगायतका सामान वेवारिसे अवस्थामा फेला पारि बरामद गरिएको उनले बताए।

बरामद गरिएको सो सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार