अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा रहन सेनाको निर्देशन

नेपाली सेना

कोभिड–१९ को कारण बढ्दो स्वास्थ्य संकटलाई मध्यनजर गरी संक्रमणलाई रोकथाम र नियन्त्रण गर्न नेपाली सेनाले आवश्यक परे अवकाश प्राप्त सैनिक स्वास्थ्यकर्मीलाई बोलाउन सक्ने गरी निर्देशन जारी गरेको छ ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बुधबार बसेको विशेष बैठकले २०७२ सालभन्दा पछाडि सेनाको स्वास्थ्य सेवाबाट अवकाश प्राप्त गरेका स्वास्थ्यकर्मीहरुलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन ‘रिकल टु ड्युटी’ निर्देशन जारी गरेका हुन् ।

नेपाली सेनाले निर्वाह गर्नुपर्ने थप भूमिकाहरुको पूर्वानुमान एवं कार्यान्वयनको लागि विभिन्न योजना तर्जुमा एवं आवश्यक तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

सेनामा २३ सय सैनिक स्वास्थ्यकर्मीहरु कार्यरत रहेको छन् । २०७२ सालभन्दा पछाडिका अवकाश पाएका सैनिक स्वास्थ्यकर्मीहरुको संख्या करिब ३ सय रहेको प्रवक्ता पौडेलले बताए । २०७२ साल यताका सैनिक स्वास्थ्यकर्मीहरुलाई बोलाउनुको पछाडि उनीहरुले भूकम्प गर्दा संटकको बेलामा काम गरेको अनुभवन समेत बटुलेको पौडेलले जानकारी दिए । ‘अहिले पनि संकटको बेला हो । पहिला पनि संकटको बेलामा काम गरेकालाई अनुभवले पनि काम गर्न सहज हुन्छ,’ उनले भने ।

सेनाले तीन तरिकाबाट भूत पूर्व सैनिक स्वास्थ्यकर्मीहरुलाई बोलाउने तयारी गरेको हो । पूर्व स्वास्थ्यकर्मीहरुलाई फेरि काममा बोलाउनको लागि सैनिक कल्याणकारी बोर्ड र यसको मुलुकका विभिन्न क्षेत्रमा रहेको क्षेत्रीय कार्यालयमा रहेको सम्पर्क नम्बरहरु, दोस्रो भूतपूर्व सैनिक संगठक र त्यसको रहेक जिल्लामा रहेको कार्यालयहरुमा उपलब्ध सम्पर्क नम्बरहरु र तेस्रो सेनाकै सोसल मिडियामार्फत जानकारी गराइने छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार