सेती प्रादेशिक अस्पतालमा उपचाररत ११ जना संक्रमितले जिते कोरोना

कोरोना मुक्त

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत ११ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन । अस्पतालले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अस्पतालमा उपचाररत ११ जना संक्रमित निको भई डिस्चार्ज भएका हुन ।

भने अस्पतालमा थप १६ जना संक्रमित भर्ना भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८५ नमूना परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको छ ।

सुचना अधिकारी श्रेष्ठका अनुसार धनगढीका मात्रै ८७ जना रहेका छन्। यस्तै धनगढीबाहेक कैलालीका १८ जना र अन्य जिल्लाका १६ जनामा संक्रमण पुष्टि भएको उनले बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार