आजदेखि ५६ जिल्लामा निषेधाज्ञा

,निषेधाज्ञाको नियममा पनि थप कडाई

लकडाउन

काठमाडौं: कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको निषेधाज्ञाको नियम थप कडा पारिन थालिएको छ ।

आजदेखि थप चार जिल्लामा निषेधाज्ञा लागू भएसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ५६ पुगेको गृह मन्त्रालयले उल्लेख गरेको छ ।
स्थानीय प्रशासनमार्फत पूर्ण र आंशिक गरी ५६ जिल्लामा निषेधाज्ञा लागू भएको हो । गृह मन्त्रालयका अनुसार ४१ जिल्लामा पूर्ण र बाँकी १५ जिल्लामा आंशिक निषेधाज्ञा जारी भएको छ ।

बिहीबारदेखि बारा र सिरहामा पूर्णरुपमा निषेधाज्ञा लगाइएको छ भने बाग्लुङ र सिन्धुपाल्चोकमा सङ्क्रमणको जोखिम भएका ठाउँहरुमा निषेधाज्ञा लगाइएको हो ।

सिन्धुपाल्चोकमा ठूला राजमार्गको दायाँ बायाँ पाँच–पाँच सय मिटरसम्म निषेधाज्ञा लगाइएको छ भने चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर ४, ५ र ९, मेलम्ची नगरपालिका वडा नम्बर ११ बलेफी गाउँपालिकाको केही ठाउँमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रिपरिषद्को बैठकले संक्रमित संख्याका आधारमा निषेधाज्ञा लगाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिएकाले सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आवश्यकता अनुसार निषेधाज्ञा लगाउँदै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार