वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधान

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको बिहीबार दिउँसो निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो अस्पतालमा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि उनलाई न्यूरो अस्पताल भर्ना गरिएको थियो । गायक प्रधानको पाँचवर्ष अघि सन् २०१६ मार्च १५ मा हैमाटोमाको सफल शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पश्चात उनी निकै स्वस्थ देखिएका थिए । गायक प्रधानका ‘घुम्तीमा नआउ है’, ‘तिमीलाई अचेल कहाँ देखुँ’, ‘गोरेटो त्यो गाउँको’ र ‘पर लैजाउ फूलहरु’लगायतका गीत लोकप्रिय छन् ।

संगीतकार लक्ष्मण शेषले पनि फेसबुकमा स्टाटस लेख्दै गायक प्रधानको निधन भएको पुष्टि गरेका छन्।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार