‘साहुको नाममा गहिरी खेत’ – दीर्घ बहादुर शाही

दिर्घ बहादुर शाही
साहुको नाममा गहिरी खेत
बाबाले सीमा
पारीको देशमा
शिर भरी पसिनाको धारो
पिठ्युँमा चामलको
बोरा बोकेर
जम्मा गरेको
आठ आना जति
कमाइ
छोरा सहरमा
बस्दा ठिक्क हुन्थ्यो
बिस्तारै छोरा
एक कार्यालयको
हाकिम बने पछाडि
बिहे गरेर
त्यही सहरको
ठुलो घरमा
भाडामा बस्छ
यता छोरा सहरमा पढ्दा
बिक्री भएको
तीन रोपनी जति गहिरी खेत
साहुको नाममा छ
साठी वर्ष पुगेकी
वृद्ध भत्ता खाने आमा
वृद्ध आश्रम छन्
६५ वर्षका ज्येष्ठ नागरिक
त्यही सीमा पारिको
दैत्य सहरमा
रिक्सा चालकको काम गर्छन्
अनि भन त छोरा
त्यो वृद्ध आश्रम
सीमा पारिको
दैत्य सहर
तिमी हुर्केको पानी
चुहिने ओत र सहरको
ठुलो घर बिचको
यो अमर युद्धमा
जित कसको होला
भन त छोरा???

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार