प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोभिड पुष्टि

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा

काठमाडौं: प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार गरिएको पीसीआर परीक्षणमा थापामा कोभिड संक्रमण पुष्टि भएको हो ।

थापालाई यसअघि पहिलो लहरको कोभिड पनि पुष्टि भएको थियो । शुक्रबार प्रधानमन्त्री सहित बालुवाटारमा रहेका सचिवालय, सुरक्षा निकाय, चालक लगायत १ सय जना भन्दा बढीको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो ।

प्रधानमन्त्री ओलीको भने कोभिड परीक्षण नेगेटिभ देखिएको छ ।

दाेस्राेपटक पाेजिटिभ !
टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना
दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है !
शुभेच्छाका लागि सबैप्रति धन्यवाद ।

Posted by Surya Thapa on Saturday, May 8, 2021

 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार