अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक, डिभी परे/नपरेको यसरी चेक गर्नुहोस् ?

America

काठमाडौं । अमेरिकी डिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासका अनुसार गएराति डिभी २०२२ को नतिजा सार्वजनिक भएको हो ।

डिभी परे/नपरेको नतिजा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ । नतिजा हेर्न अनलाइन आवेदन दिंदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको प्रयोग अनिवार्य हुन्छ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रकृयाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिने अमेरिकी दूतावासले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार