डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण

अक्सिजन सिलिण्डर

धनगढी: बोलन्या थलीले डडेल्धुरा अस्पताललाई ४० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।  कोरोना संक्रमितलाई अत्यावश्यक अक्सिजननेपालगञ्जबाटल्याएर अस्पतालाई आइतबार हस्तान्तरण गरिएको हो।

आइतबार दिउँसो मात्रै डडेल्धुरा पुगेका सबै सिलिण्डर अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेको बोलन्या थली डडेलधुरा युनिट प्रमुख दिपकराज भट्ट(दिपु) ले बताए।

हेल्पिङ्ग ह्यान्ड अमेरीकाको सहयोगमा ४० थान भरिएका सिलिण्डर खरिद गरी अस्पताललाई हस्तान्तरण गरेको बोलन्या थलीका संयोजक यादव जोशीले बताए। उक्त सिलिण्डरको व्यवस्थापनमा अभियानकर्ता हेमराज थापा, यम खड्का र बाँकेका प्रमुख जिल्ला अधिकारीले सहयोग गरेको संयोजक जोशीले बताए।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार