एसईई र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित !

राष्ट्रीय परिक्षा बोर्ड

माध्यमिक शिक्षा परीक्षा (एसइइ) र कक्षा १२ को निर्धारित परीक्षा तत्कालका लागि स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार परीक्षा तत्कालका लागि स्थगित गरि मूल्यांकनको विकल्प र मोडालिटीबारे छलफल गर्ने निर्णय गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय भएको छ । अर्को सूचना नआएसम्म निर्धारित परीक्षा रोकिएको हो। मूल्यांकनको विकल्प र विधिबारे अब छलफल हुनेछ। अहिले नै यसरी मूल्यांकन गर्ने वा परीक्षा भए कसरी हुने वा नभएको अवस्थामा के गर्ने भन्ने यकिन भएको छैन।’

एसइइ परीक्षा आउँदो जेठ १३ गतेदेखि तथा कक्षा १२ को परीक्षा जेठ २६ देखि सञ्चालन गर्ने तयारी थियो। तर बोर्डको निर्णयसँगै अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगित भएको हो।

कोरोना भाइरसको संक्रमण देशभर पुनः फैलिँदै जाँदा परीक्षा रोकिएको हो। गएको वर्ष आन्तरिक मूल्यांकनसहितका आधारमा नतिजा प्रकाशित गरिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार