लकडाउनको बेला नेपाल आउँदै हुनुहुन्छ ? यी हुन आउन मिल्ने १३ नाका !

भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला

नेपाल

काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् ।

अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । यसमध्ये भारतसँग जोडिएका अधिकांश जिल्लामा पूर्ण निषेधाज्ञा जारी रहेकोले ती जिल्लामा रहेका अन्तर्राष्ट्रिय सीमा नाका समेत बन्द थिए । सीसीएमसीको सिफारिसमा मन्त्रिपरिषद्ले गरेको निर्णयसँगै ती सीमानाका खुला रहनेछन् ।

गत बिहिबार मध्यरातिदेखि चार्डर र उद्धार उडानबाहेक सबै अन्तर्राष्ट्रिय उडान समेत बन्द छन् । तर अहिले साताको दुई दिन राष्ट्रिय ध्वजाबाहक विमानले नेपाल–भारत उडान भर्दै आएको छ । यो नेपाल र भारतबीच भएको एयर बबल सम्झौता अन्तर्गत् जारी राखिएको सेवा हो । नियमित उठान नहुँदा अध्ययन, उपचार र व्यापारका लागि आउजाउ गर्न सहज होस् भनेर गत वर्ष नेपाल र भारतबीच एयर बबल सम्झौता भएको थियो । यो उडानमा नेपाल र भारतका नागरिकले मात्र यात्रा गर्न पाउँछन् ।

हवाई मार्गबाट आउन सम्भव नभएका नेपालीहरुलाई नेपाल फर्किन सहज होस् भनेर सरकारले स्थलमार्गबाट पनि नेपाल आउने बाटो खोलेको हो । परराष्ट्र मन्त्री ज्ञवालीका अनुसार सुदूर पश्चिमबाट दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी, र कैलालीको गौरीफण्टा नाकाबाट आवश्यक प्रक्रिया पूरा गरेर नेपाल प्रवेश गर्न दिइने भएको छ ।

त्यस्तै, बाँकेको जमुनाह नाका, कपिलवस्तुको कृष्णनगर, रुपन्देहीको बेलहिया नाकाबाट पनि नेपाल प्रवेशको लागि अनुमति दिइएको छ । सीसीएमसीको निर्णय अनुसार नेपाल प्रवेशको लागि अनुमति दिइएका १३ नाकाहरुको नाम तल दिइएको छ ।

१. पुलाघाट – दार्चुला
२. झुलाघाट – बैतडी
३. गड्डा चौकी – कञ्चनपुर
४. गौरीफन्टा – कैलाली
५. जमुनाह – बाँके
६. कृष्णनगर –कपिलवस्तु
७. बेलहिया – रुपन्देही
८. वीरगञ्ज – पर्सा
९. गौर – रौतहट
१०. भित्तामोड –धनुषा
११.जोगबनी – मोरङ
१२. काँकडभिट्टा – झापा
१३. पशुपति नगर – इलाम

-अनलाईलखबरबाट साभार

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार